देश/प्रदेश
जलस्रोत तथा सिँचाइ विभागमा दरबन्दी कटौती गरी फाजिलमा राखिएका सब–इन्जिनियरहरू आन्दोलित
०

काठमाडौँ, साउन २१ –
जलस्रोत तथा सिँचाइ विभागमा दरबन्दी कटौती गरी फाजिलमा राखिएका सब–इन्जिनियरहरू आन्दोलनमा उत्रिएका छन्।
आन्दोलनरत सब–इन्जिनियरहरूका अनुसार विभागको नयाँ संगठन तथा व्यवस्थापन (ओएन्डएम) संरचनाअनुसार ६५ प्रतिशत दरबन्दी कटौती गरिएको छ भने १६७ जना सब–इन्जिनियरलाई फाजिलमा राखिएको छ। उनीहरूले आफूहरू नायब सुब्बा (ना.सु.) सरहका स्थायी कर्मचारी भए पनि सरकारले अन्यायपूर्ण रूपमा फाजिलमा राखेको गुनासो गरेका छन्।
यसै विषयलाई लिएर उनीहरू विगत चार दिनदेखि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय परिसरमा धर्ना दिइरहेका छन्। आन्दोलनकै क्रममा आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले आन्दोलनरत कर्मचारीका केही प्रतिनिधिलाई छलफलका लागि बोलाएका छन्।
तस्बिरः नेपाल फोटो लाइब्रेरी
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























