देश/प्रदेश

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा साह

Banner

काठमाडौँ, साउन २१ –

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले उहाँलाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले राससलाई जानकारी दिनुभयो ।

धनुषाको नगराइन नगरपालिका–३ निवासी चार्टर्ड एकाउन्टेन्ट साहले यसअघि निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिसक्नुभएको छ ।

साह खुला प्रतिस्पर्धाबाट निगमको कार्यकारी निर्देशकमा चयन हुनुभएको हो । निगमको कार्यकारी निर्देशक नियुक्तिको सिफारिस गर्न गठित समितिले यही साउन १७ गते उक्त पदमा नियुक्तिका लागि साहसहित प्यूठानका कौशल केसी र सप्तरीका सञ्जिकुमार देवको नाम सिफारिस गरेको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>