देश/प्रदेश

चार वटा संसदीय समितिको बैठक बस्दै

Banner

काठमाडौं,साउन २१ –

प्रतिनिधि सभा अन्तर्गतको आज चार वटा संसदीय समितिको बैठक बस्ने भएको छ ।

अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्ने भएको हो ।

अर्थ समितिको बैठक बिहान ११ बजे बस्ने भएको छ । बैठकमा उपसमितिहरुबाट प्रतिवेदन पेश र छलफल हुने कार्यसूची छ ।

बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा मुस्लिम आयोगको कामकारबाही तथा प्रगति सम्बन्धमा आयोगका पदाधिकारीहरूसँग छलफल हुनेछ ।

यस्तै, बिहान १० बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको विद्यमान अवस्था, समसामयिक विषय, चुनौती र भावी कार्ययोजनाका सम्बन्धमा छलफल हुने कार्यसूची छ ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउसो १ बजे बस्ने भएको छ । बैठकमा राष्ट्रिय सेवा दल विधेयक, २०८३’ उपर सैद्धान्तिकको विषयमा र अख्तियार दुरूपयोग अनुसन्धान आयोग र कारागार कार्यालयहरूको स्थलगत अनुगमन प्रतिवेदन पेस गर्ने सम्बन्धमा छलफल हुने कार्यसूची छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>