देश/प्रदेश

पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ

Banner

जनकपुरधाम, साउन २० –

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–६ स्थित सलोखरी, दास टोलबाट तीन जनालाई पक्राउ गरिएको छ ।

गए राति फूलबारीबाट गाउँतर्फ आउँदै गरेको अवस्थामा प्रहरीले पेस्तोल र म्याग्जिनसहित सिरहाको लहान नगरपालिका २२ निवासी २१ वर्षीय सञ्जय दास, २० वर्षीय गुरुदेव दास र लक्ष्मीपुर पतारी गाउँपालिका–६ निवासी २० वर्षीय सारबजित दासलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>