देश/प्रदेश
फरार प्रतिवादी पक्राउ
०

वीरगन्ज(पर्सा), साउन २० –
प्रहरीले आज १३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
विभिन्न मुद्दाका अभियुक्तलाई आजै पर्सा जिल्ला अदालतमा दाखिला गरेको जिल्ला प्रशासन कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।
प्रहरीले चेक अनादारमा छ, चोरीमा एक, कुटपिट दुई, घरेलु हिंसा तीन र बिगो भरिभराउ एक गरी १३ जनालाई पक्राउ गरेको हो ।
बिगो भरिभराउ मुद्दा शीर्षकका प्रतिवादी एक जनालाई दुई वर्ष कैद तोकिएको छ । त्यसैगरी चेक अनादार छ जनालाई रु आठ हजार ५०० जरिवाना, चोरीका एक जनालाई रु पाँच हजार, कुटपिटका दुई जनालाई रु छ हजार र घरेलु हिंसाका तीन जनालाई रु १५ हजार जरिवाना गरिएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























