बजार

नेपाल लिकर्सका सीईओ अवनीश सिंगापुरमा ‘सीईओ अफ द इयर’ अवार्डबाट सम्मानित

Banner

काठमाडौं,साउन २०-

नेपाल लिकर्स प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अवनीश वीर सिंह तुलाधार प्रतिष्ठित ‘सीईओ अफ द इयर’ अवार्डबाट सम्मानित भएका छन् ।

सिंगापुरमा आयोजित ‘एशिया बिजनेस लिडर्स अवार्ड्स’मा उनलाई यो विधाबाट सम्मानित गरिएको हो। यो उपलब्धि नेपाल लिकर्सका लागि मात्र नभई समग्र नेपाली कर्पोरेट क्षेत्रकै लागि एक ऐतिहासिक माइलढुङ्गा सावित भएको कम्पनीले जनाएको छ । अन्तर्राष्ट्रिय मञ्चमा नेपाली नेतृत्वको क्षमतालाई उजागर गर्ने यस अवार्डले एशिया क्षेत्रका उत्कृष्ट व्यवसायीहरूको नेतृत्व, रणनीतिक नवप्रवर्तन र उद्योगमा पुर्‍याएको रूपान्तरणकारी योगदानको कदर गर्दछ।

‘जेन जी’ पुस्ताका गतिशील नेतृत्वकर्ता तुलाधारले यसअघि नेपाल लिकर्समा डाइरेक्टर अफ अपरेसन्सको रूपमा सफलतापूर्वक जिम्मेवारी सम्हालिसक्नुभएको थियो। युनिभर्सिटी अफ रिचमण्ड र इसेक बिजनेस स्कूलबाट उच्च शिक्षा हासिल गर्नुभएका तुलाधारले अन्तर्राष्ट्रिय शैक्षिक ज्ञान र व्यावहारिक अनुभवलाई संयोजन गर्दै नेपाली बजारमा आधुनिक एवं दूरदर्शी दृष्टिकोण भित्र्याएका छन् ।

सम्मान ग्रहण गर्दै सीईओ तुलाधारले भने, ‘यो प्रतिष्ठित सम्मानबाट सम्मानित हुन पाउँदा म अत्यन्तै आभारी छु। यो सफलता मेरो मात्र नभई सम्पूर्ण नेपाल लिकर्स परिवारको लगनशीलताको परिणाम हो। म यो अवार्ड हाम्रा संस्थापक मेरा पूज्य हजुरबुबा स्व। श्री भक्त वीर सिंह तुलाधारको दूरदृष्टि र मार्गदर्शनका साथै मेरो परिवारको निरन्तर साथलाई समर्पित गर्दछु।’

विसं २०३६ मा स्थापित नेपाल लिकर्स प्रालि नेपालभर उच्च गुणस्तरीय मदिराजन्य पेय पदार्थहरूको उत्पादन र वितरण गर्ने एक अग्रणी कम्पनी हो। डियाजियो जस्ता विश्वप्रसिद्ध ब्रान्डको विश्वसनीय फ्रेन्चाइज पार्टनरको रूपमा यसले सिग्नेचर ह्विस्की र स्मिरनोफ भोड्का जस्ता ब्रान्डहरू उत्कृष्ट गुणस्तर र व्यावसायिक नैतिकताका साथ उत्पादन गर्दै आएको कम्पनीले जनाएको छ।

सीईओ तुलाधारको यो अन्तर्राष्ट्रिय सफलताप्रति नेपाल लिकर्सको सम्पूर्ण टोलीले बधाई ज्ञापन गर्दै उनको प्रेरणादायी नेतृत्वमा कम्पनीले भविष्यमा अझ धेरै उपलब्धिहरू हासिल गर्ने अपेक्षा राखेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>