देश/प्रदेश

कप्तानगञ्ज घटनाः गृहमन्त्री नआउँदासम्म अस्पतालबाट शव नलैजाने अडान

Banner

काठमाडौँ, साउन १९-

सुनसरीको देवानगज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर उपचारको क्रममा काठमाडौँमा मृत्यु भएका रवीन्द्र मेहेताको शव बिनासम्झौता संकलन नगर्ने अडान परिवारले लिएको छ ।

गृहमन्त्री आउनुपर्ने, आफूहरुको माग सम्बोधन गर्नुपर्ने र त्यसपछि मात्र शव अस्पतालबाट उठाउने उनीहरुको भनाइ छ । परिवारका सदस्य र आफन्त अस्पतालको आइसीयू कक्ष बाहिर बसेका छन् । अस्पतालमा अन्य आफन्तको उपस्थिति पनि थपिँदै छ । उनीहरुले सरकारसँग सम्झौता नहुँदासम्म आफूहरु अस्पतालबाट नफर्कने बताइरहेका छन् ।

२२ वर्षीय मेहेताको मंगलबार त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान निधन भएको थियो ।

यसअघि मृत्यु भएका तीन जनाको परिवारसँग सरकारले सहिद घोषणा, आर्थिक सहायता, परिवारका सदस्यलाई रोजगारीको व्यवस्थालगायत बुँदामा सम्झौता गरेको छ । रवीन्द्रका परिवार र आफन्तले पनि सरकारसँग उस्तै सम्झौता भएपछि मात्र शव अन्त्येष्टि गर्ने अडान राखेका छन् ।

तस्बिरः नेपाल फोटो लाइब्रेरी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>