देश/प्रदेश

लक्ष्मी खड्काको मृत्युबारे निष्पक्ष छानबिन गर्नुपर्ने माग

Banner

वीरगन्ज (पर्सा), साउन १९ –

लक्ष्मी खड्का सिलवालको मृत्यु शङ्कास्पद रहेको भन्दै उहाँका माइती पक्षले निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।

पीडित माइती पक्षले सोमबार पत्रकार सम्मेलन गरी पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरकी ३७ वर्षीया सिलवालको हत्या भएको भन्दै शीघ्र न्यायका लागि अनुरोध गरेको छ ।

ठोरी गाउँपालिका–३ रामनगर माइती भएकी खड्काको शव साउन ८ गते बिहान आफ्नै घरछेउको गोठमा झुन्डिएको अवस्थामा भेटिएको थियो ।

मृतक खड्काका बाबु खड्कबहादुरले घटनाको सत्यतथ्य छानबिन र दोषीलाई कारबाहीको माग गर्नुभयो । पीडितले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा पनि ज्ञापनपत्र बुझाइसकेका छन् ।

खड्कबहादुरले भन्नुभयो, “पहिले पनि उहाँको श्रीमान्ले रातदिन कुटपिट गर्दै आएको थियो, छोरीले मलाई कुन दिन मार्छन् भनेकी थिइ, ऊ आफैँ झुन्डिएको प्रमाण केही पनि छैन, हामीलाई न्याय दिनुपर्छ ।”

ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले लक्ष्मीको हत्या गरिएको हो भन्ने पर्याप्त प्रमाण भएको उल्लेख गर्दै घटनाबारे गहिरो अनुसन्धान गर्न सम्बन्धित निकायसँग अनुरोध गर्नुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>