देश/प्रदेश

मल वितरणमा समान र स्पष्ट नीति बनाउन कृषि मन्त्रालयलाई लुम्बिनीका मुख्यमन्त्री आचार्यको निर्देशन

Banner

दाङ, साउन १८ –

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनुदानको रासायनिक मल वितरणमा समान र स्पष्ट नीति बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

उहाँले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यकामा आज को छलफलमा खाद्यन्न बालीसहित उखु, केरा र मकैखेती गर्ने किसानलाई समेत प्राथमिकतामा राखेर वितरण प्रक्रिया व्यवस्थापन गर्न निर्देशन दिनुभएको हो ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव डा नीतु पण्डितले देशभर वार्षिक करिब १४ लाख मेट्रिकटन रासायनिक मल आवश्यक रहेको बताउनुभयो ।

उहाँले आवश्यकता अनुसारको मल आयात गर्न कठिन भइरहेको जानकारी दिनुभयो । छलफलमा उखु उत्पादक किसानले रासायनिक मल तथा कृषि औजारमा नीतिगत समस्या झेल्दै आएको गुनासो व्यक्त गर्नुभयो । बर्दियास्थित राजापुर सुगर एण्ड केमिकल्स इन्डस्ट्रिज प्रालिले आगामी सिजनमा उखुखेती विस्तारका लागि रासायनिक मलको सुनिश्चितता गरिदिन प्रदेश सरकारसँग माग गर्नुभएको थियो ।

यहाँ करिब दुई हजार किसानले तीन हजार बिघा क्षेत्रफलमा उखुखेती गरेका छन् । आगामी सिजनमा पाँच हजार किसानलाई उखुखेतीमा आकर्षण गरिने योजना रहेको छ ।

छलफलमा नेकपा (एमाले) बर्दियाका अध्यक्ष सालिकराम अधिकारी, उखु उत्पादक किसान समितिका अध्यक्ष कृष्णकुमार रेग्मी, राजापुर सुगर एण्ड केमिकल्स इन्डस्ट्रिज प्रालिका प्रशासन प्रमुख इन्द्रप्रसाद ढकाल तथा किसान समिति सदस्य ओमप्रकाश यादवलगायतका व्यक्तिको सहभागिता थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area