देश/प्रदेश
सबैभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका
०

बागमती, साउन १८ –
मकवानपुरमा गत आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । जिल्ला अदालत मकवानपुरका सूचना अधिकारी केशवराज कौशिकका अनुसार गत आवमा दर्ता भएका मुद्दामध्ये सम्बन्ध विच्छेदका ८७५ रहेका छन् ।
त्यस्तै अंश दर्ता चलनका ३०४, लागुऔषधका २३९, लेनदेनका १९२, बैङ्किङ कसुरका ११९ र लिखत बदरका ११० मुद्दा दर्ता भएका उहाँले जानकारी दिनुभयो । जालसाजीका ९९, चोरीका ७५, सवारी, ज्यान र अङ्गभङ्गका ५३ तथा जबर्जस्तीकरणीका ४६ वटा मुद्दा दर्ता भएका अदालतले जनाएको छ । अदालतले गत आवमा कुल दुई हजार ३१५ वटा मुद्दा फस्र्यौट गरेको सूचना अधिकारी कौशिकले जानकारी दिनुभयो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























