देश/प्रदेश

लहानमा असामान्य शारीरिक अवस्थासहित शिशुको जन्म, परिवारले माग्यो उपचार सहयोग

Banner

सिरहा, साउन १८-

सिरहाको लहान नगरपालिका–१५ शोभापुर निवासी तेज नारायण सदायको परिवारमा असामान्य शारीरिक अवस्थासहित एक शिशुको जन्म भएपछि परिवार चिन्तित बनेको छ ।

परिवारका अनुसार शिशुको जन्म लहानस्थित प्रादेशिक अस्पतालमा भएको हो। । जन्मदेखि नै शारीरिक अवस्था सामान्य नभएकाले शिशुलाई विशेषज्ञ चिकित्सकीय उपचार आवश्यक रहेको चिकित्सकहरूले सुझाव दिएका छन् ।

तर आर्थिक अवस्था कमजोर भएकाले आवश्यक उपचार गराउन कठिनाइ भइरहेको परिवारले जनाएको छ । उपचारका लागि लाग्ने खर्च जुटाउन नसक्दा परिवार थप समस्यामा परेको भन्दै सम्बन्धित सरकारी निकाय, सामाजिक संघ–संस्था तथा सहयोगी मन भएका व्यक्तिहरूसँग सहयोगको अपिल गरिएको छ ।

स्थानीयवासीहरूले पनि घटनाप्रति चासो व्यक्त गर्दै शिशुको उपचारका लागि सरकार र सम्बन्धित निकायले तत्काल आवश्यक पहल गर्नुपर्ने बताएका छन् । शिशुको स्वास्थ्य अवस्था तथा असामान्य शारीरिक अवस्थाको प्रकृतिबारे थप चिकित्सकीय विवरण आउन बाँकी रहेको बताइएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area