अर्थ
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
०

काठमाडौं, साउन १८ –
नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेर २ लाख ८४ हजार रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य ३५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ३५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>




























