देश/प्रदेश

अग्निपीडितलाई राहत वितरण

Banner

भद्रपुर (झापा), साउन १८ –

लायन्स क्लब अफ बिर्तामोड सिटीले बिर्तामोड–५ डाँडागाउँमा आगलागीबाट प्रभावित तीन परिवारलाई राहत सामग्री वितरण गरेको छ ।

गत बिहीबार विद्युत् सर्ट भई आगो लाग्दा कृष्णकुमारी ढकाल, बिजुलीसरी राजवंशी र तारा राजवंशीको घर जलेर नष्ट भएको थियो । आगलागीबाट करिब रु ६० लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।

पीडितपरिवारको दैनिक जीवनयापनमा सहज होस् भन्ने उद्देश्यले लायन्स क्लबले आज खाद्यान्न, लत्ताकपडा, झुल तथा विद्यालय जाने बालबालिकाका लागि विद्यालय ब्याग र पोशाक वितरण गरेको हो ।

क्लबका अध्यक्ष सञ्जय चौधरीका अनुसार राहत सामग्रीमा चामल, दाल, नुन, चिउरा, चना, आलु, प्याज, न्युटेला, मुराईलगायत दैनिक उपभोगका खाद्यान्न समावेश छन् ।

यसअघि शनिबार बिर्तामोडस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले पनि आफ्ना शेयर सदस्यसमेत रहेका ती तीन अग्निपीडित परिवारलाई राहत उपलब्ध गराएको थियो । संस्थाले चामल, दाल, तेल, ब्ल्याङ्केट, म्याट्रेस, त्रिपाल, झुल, भाँडाकुँडा, राइस कुकर तथा प्राथमिक उपचार सामग्री हस्तान्तरण गरेको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area