देश/प्रदेश

१ हजार ८ सयले घट्यो सुनको मूल्य

Banner

काठमाडौँ, साउन १७-

स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु एक हजार ८०० र चाँदी रु ४५ ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३१५ कायम भएको छ ।

गत शुक्रबार छापावाल सुन प्रतितोला रु दुई लाख ८५ हजार र चाँदी रु चार हजार ३६० कायम भएको थियो । बिहीबार एक तोला सुन रु दुई लाख ८४ हजार र चाँदी रु चार हजार ३१० मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ६३ र चाँदी ५८ अमेरिकी डलरमा किनबेच भइरहेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area