अर्थ
सुनको मूल्य एक हजारले बढ्यो
०

काठमाडौँ, साउन १५ –
स्थानीय बजारमा आज सुनको मूल्य केही बढेको छ । हिजो बिहीबारको तुलनामा सुन तोलामा रु एक हजार र चाँदी रु ५० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८५ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३६० कायम भएको छ ।
हिजो छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार र त्यति नै परिमाणको सेतो धातु रु चार हजार ३१० मा कारोबार भएको थियो । गत बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार २०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ३२० कायम भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ७० र चाँदी ५८ अमेरिकी डलरमा किनबेच भइरहेको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























