फोटो फिचर
बालुवाटार पुगे लघुवित्तपीडित, प्रहरीले रोकेपछि सडकमै बसे (तस्बिर)
०

काठमाडौँ, साउन १२ –
आन्दोलनरत लघुवित्तपीडित बालुवाटारनजिक पुगेर प्रदर्शन गरेका छन् ।
उनीहरु माइतीघरबाट ‘राजधानी मार्च’को ब्यानरसहित प्रदर्शन गर्दै निषेधित क्षेत्र बालुवाटार पुगेका हुन् ।
बालुवाटारमा लघुवित्तको नियामक निकाय नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय छ ।
राष्ट्र बैंकतर्फ अगाडि बढेका प्रदर्शनकारीलाई बालुवाटारको पीपलबोटमा प्रहरीले ब्यारिकेड राखेर रोकेको छ ।
सशस्त्र प्रहरीसमेत परिचालन गरेर उनीहरुलाई अघि बढ्न दिइएको छैन । उनीहरू सडकमै बसेर नाराबाजीका साथै सभाको आयोजना गरेका छन् ।
तस्बिरः नेपाल फोटो लाइब्रेरी
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>









































