Breaking News
सुनसरी घटनाको विरोधमा काठमाडौँमा प्रदर्शन

काठमाडौँ, १२ साउन –
सुनसरीमा भएको हिंसात्मक झडपको विरोधमा हिन्दुवादीले काठमाडौँको माइती घरमा प्रदर्शन गरेका छन् ।
घटनाको छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै मंगलबार उनीहरुले नाराबाजी, प्ले–कार्डसहित प्रदर्शन गरे ।
सहभागीले मुस्लिम समुदायविरुद्ध चर्को नाराबाजी गरे । उनीहरुले मुस्लिमहरुलाई आतंककारीको संज्ञा दिँदै नेपालबाट भगाउनुपर्नेसम्म बताए ।
प्रदर्शनकारीले ‘मुस्लिमलाई मीठो बोली, हिन्दुलाई तातो गोली’, ‘नेपालका हरेक मस्जिद र मदरासामा निगरानी गर्’, ‘हिन्दुहरुको पर्वमा आक्रमण किन ? ’लगायत नारा लेखिएका प्ले–कार्ड बोकेका थिए ।
गत साउन १० मा सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायका युवाबीच झडप भएको थियो । सामान्य वादविवादबाट सुरु भएको विषयले हिंसात्मक रुप लिँदा एक जनाको ज्यान गएको थियो ।
तस्बिरः नेपाल फोटो लाइब्रेरी
































