Breaking News

बुद्ध एयरले थप्यो अत्याधुनिक एटीआर–७२–६०० जहाज, अर्को महिनादेखि उडानमा ल्याइने

Banner

काठमाडौं , साउन ९ –

बुद्ध एयरले नयाँ सिरिजको एटीआर–७२–६०० जहाज थपेको छ । कम्पनीले शनिबार फ्रान्सको तुलुसबाट उक्त जहाज नेपाल भित्र्याएको हो । आवश्यक कागजी प्रक्रिया पूरा भएपछि जहाजलाई आगामी महिनादेखि व्यावसायिक उडानमा ल्याइने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार नयाँ जहाजमा पूर्ण ग्लास ककपिट, आधुनिक नेभिगेसन प्रणाली, डिजिटल फ्लाइट म्यानेजमेन्ट र उन्नत सुरक्षा प्रणाली जडान गरिएको छ । कम इन्धन खपत गर्ने भएकाले यो जहाज वातावरणमैत्री हुनुका साथै अघिल्लो सिरिजको तुलनामा कम ध्वनि प्रदूषण गर्ने दाबी गरिएको छ ।

जहाजमा आवश्यक नेभिगेसन कार्यसम्पादन–विशेष स्वीकृती आवश्यक (आरएनपी–एआर) एप्रोच प्रणाली जडान गरिएको छ, जसको सहयोगमा काठमाडौं र भैरहवा विमानस्थलमा करिब ९०० मिटर भिजिबिलिटी हुँदा पनि सुरक्षित अवतरण गर्न सकिने जनाइएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि यही प्रणाली लागू गर्ने विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले अध्ययन गरिरहेको छ ।

कम्पनीका अनुसार नयाँ प्रविधिले कम भिजिबिलिटीका कारण हुने उडान ढिलाइ र अवरोध घटाउने, उडान सुरक्षामा सुधार ल्याउने तथा हवाई सेवाको विश्वसनीयता बढाउने अपेक्षा गरिएको छ ।

बुद्ध एयरले अर्को एटीआर–७२–६०० जहाज अगस्ट अन्त्य वा सेप्टेम्बरको सुरुतिर भित्र्याउने तयारी गरेको छ । साथै आगामी केही महिनाभित्र यही सिरिजका थप दुई जहाज थप्ने योजना पनि कम्पनीको छ । हाल बुद्ध एयरसँग एक एटीआर–४२–३२०, १५ वटा एटीआर–७२–५०० र एक एटीआर–७२–६०० गरी १७ वटा जहाज सञ्चालनमा छन् । कम्पनीले हाल आन्तरिकतर्फ दैनिक १४० भन्दा बढी उडान तथा अन्तर्राष्ट्रियतर्फ काठमाडौं–वाराणसी र काठमाडौं–कोलकाता नियमित उडान सञ्चालन गर्दै आएको छ । न्यूज बैंक

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>