Breaking News
चितवनमा राष्ट्रिय परिचय पत्र बनाउनेको भीड, विहान ८ देखि साँझ ७ बजेसम्म दिन थालियो सेवा

चितवन, साउन ७–
चितवनमा राष्ट्रिय परिचय पत्र बनाउनेको भीड लाग्न थालेपछि जिल्ला प्रशासन कार्यालयले साँझ सम्म सेवा दिन थालेको छ ।
राष्ट्रिय परिचय पत्र सेवाका लागि आज (बिहीबार)देखि विहान ८ बजेबाट साँझ ७ बजेसम्म समय व्यवस्थापन गरिएको प्रशासनले जनाएको छ । केहीदिन यता अस्वभाविक रुपमा सेवाग्राहीको भीड लागेपछि चितवन प्रशासनले दोब्बर सेवा दिने गरि समय अवधि बढाएको हो ।
यसअघि दिनमा करिव २ देखि ३ सयको हाराहारीमा राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवाग्राहीलाई सेवा दिँदै आएकोमा आजदेखि दैनिक ७५० जनालाई सेवा प्रदान गरिने प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए । भीडलाई व्यवस्थापन गर्न विगतमा परिचयपत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राहीलाई कार्ड वितरण रोकेर ती जनशक्तिलाई पनि परिचयपत्रको फोटो खिचाउने काममा खटाएर काम अगाडि बढाइएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।
बैंकहरुले यो आर्थिक वर्षदेखि नयाँ बैंक खाता खोल्न, खाता नविकरण गर्न लगायत प्रायोजनामा अनिवार्य राष्ट्रिय परिचय पत्र खोज्न थालेपछि सेवाग्राहीको भीड लागेको हो ।























