चितवन विशेष

भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव हुदाँ अन्य कारागारमा स्थानान्तरण गर्नुपर्ने बाध्यता

Banner

चितवन, साउन ६, –

यहाँ कैदी बस्ने स्थान अभाव भएपछि उनीहरुलाई अन्य कारागारमा स्थानान्तरण गर्नुपर्ने बाध्यता बन्दै गएको छ ।

कारागार कार्यालय भरतपुर, चितवनबाट एक वर्षमा ११६ कैदीलाई अन्यत्र कारागारमा स्थान परिवर्तन गरिएको छ ।

कारागार प्रमुख चेतनाथ ढुङ्गानाले क्षमताभन्दा बढी कैदीबन्दी भएपछि कैद तोकिएकालाई अन्यत्र स्थानान्तरण गर्नुपरेको बताउनुभयो । सो कारागारको कुल क्षमता ५०५ व्यक्ति अट्ने रहेको छ ।

यहाँबाट भीमफेदी कारागारमा ५३, नुवाकोटमा २६, जगन्नाथ देवलमा छ कपिलवस्तुमा १७, कास्कीमा सात, स्याङ्जामा चार, नख्खु, ललितपुर र नेपालगन्जमा क्रमशः एक÷एक जना कैदी स्थानान्तरण भएका छन् ।

हाल महिला ४०, र पुरुष ६७७ गरी कुल ७१७ कैदीबन्दी रहेका छन् । सो कारागारमा महिला ३० र पुरुष ४७५ गरी कुल ५०५ व्यक्ति अट्ने रहेको छ । क्षमताभन्दा अधिक कैदीबन्दी हुँदा बस्ने ठाउँको अभाव र सरसफाइमा कठिनाइ बन्छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>