स्वास्थ्य
टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित
०

काठमाडौँ, साउन ३ –
मकवानपुरको थाहा नगरपालिका–११ टिस्टुङमा शनिबार सञ्चालित स्वास्थ्य शिविरबाट ४७७ लाभान्वित भएका छन् ।
रोटरी क्लब अफ काठमाडौँ–वेष्ट, रोटरी स्याटेलाइट क्लब अफ काठमाडौँ वेष्ट र शान्ति सेवागृह क्लिनिक तथा रिह्याबिटेसन सेन्टरको संयुक्त आयोजनामा भएको शिविरमा दाँतको उपचार, एक्स–रे, आँखा जाँच तथा फिजियोथेरापीलगायत विशेषज्ञ सेवा प्रदान गरिएको थियो ।
चिकित्सकले आवश्यकताअनुसार बालबालिकालाई लिटो, झूल, दन्तमञ्जन र चस्मा पनि निःशुल्क वितरण गरेका थिए ।
ती सामाजिक संस्थाले थाहा नगरपालिका–१० स्थित नाटेश्वर माध्यमिक विद्यालय, टौखेलका बालबालिकाका लागि आठ थान कम्प्युटर प्रदान गरेका छन् । वातावरणीय सन्तुलन र हरियाली प्रवद्र्धनका लागि थाहा नगरपालिका–१२ मा ४०० बिरुवा पनि रोपिएका छन् । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



















