चितवन विशेष

चितवनमा दुई लाखभन्दा बढी बाख्रालाई पिपीआर खोप

Banner

चितवन, असार १८-

जिल्लामा पालिएका दुई लाख २० हजार बाख्रालाई पिपीआर विरुद्धको खोप लगाईएको छ । मोरडिली भाइरसका कारण उक्त रोग लाग्ने पशुसेवा कार्यालय चितवनका प्रमुख डा प्रभात न्यौपानेले जानकारी दिनुभयो । जिल्लामा अहिले तीन लाख बाख्रा पालिएको अनुमान गरिएको छ । पशुचिकित्सक न्यौपानेका अनुसार, उक्त रोग लागेका बाख्रामा उच्च ज्वरो आउने, मुखमा घाउ हुने, झाडापखाला लाग्ने, नाक–आँखाबाट सिँगान बग्ने, निमोनिया भए जस्तो हुने, सास फेर्न कठिन हुने, खान मन नलाग्न जस्ता लक्षण देखिन्छ ।

सुरुमा ३ देखि ५ दिनमा लक्षण देखिने र ७ देखि १० दिनभित्र बाख्रा मर्न सक्ने हुन सक्छ । त्यस रोगबाट सङ्क्रमितमध्ये ५० देखि ९० प्रतिशतसम्म बाख्रा मर्ने सक्ने अनुमान गर्न सकिने चिकित्सक बताउँछन् ।

कार्यालयले हरेक वर्ष बाख्रामा त्यस रोग विरुद्धको खोप दिँदै आएको छ । रोगी बाख्रा–खसीको जुतोबाट, रोगी बाख्राको नाकबाट निस्कने सिँगानबाट, आँखाबाट निस्कने आँसुको माध्यमबाट, रोगी बाख्राले खोक्दा र हाच्छिउँ गर्दा हावामा मिसिने मसिना कणमा भएका विषाणुबाट सङक्रमण फैलिन्छ

खानेपानी, दाना हाल्ने डुँड र प्रयोग गरिएको सोतर सङ्क्रमण पैmलिने उहाँले बताउनुभयो । व्यावसायीक रुपमा बाख्रापालन गर्ने किसानलाई जैविक सुरक्षाको विधि अवलम्बन गर्न पनि चिकित्सकहरुले सुझाव दिनुभएको छ । पिपीआर रोगले मरेका पशुलाई खाल्टो खनेर गाड्न र रोगी बाख्रासँग लसपस भएका सरसामान जलाएर नष्ट गर्नु उपयुक्त हुने चिकित्सकको सल्लाह छ । त्यस रोगबाट बचाउन तीन महिना उमेर पुगेका सम्पूर्ण स्वस्थ भेडाबाख्रालाई प्रत्येक दुई वर्षमा उक्त रोग विरुद्ध खोप लगाउन सुझाव छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>