Breaking News
रास्वपाको महाधिवेशन : पदाधिकारीको निर्वाचन राति सवा ९ बजेदेखि
०

चितवन, ११ असारः
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पदाधिकारीका लागि बिहीबार राति ९:१५ बजेदेखि मतदान सुरु हुने भएको छ ।
रास्वपाको केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यतालिकाको पाँचौँ संशोधनसहित उक्त कार्यतालिका प्रकाशित गरेको हो ।
नयाँ कार्यतालिकाअनुसार बिहीबार साँझ साढे ६ बजेदेखि ७ बजेसम्म पदाधिकारीका आकांक्षीहरूका लागि फारम वितरण तथा दर्ताको समय तोकिएको थियो। दर्ता पश्चात् साँझ ७:३० बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गर्ने तयारी छ।
आयोगका अनुसार राति ८:४५ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ। अन्तिम नामावली प्रकाशन भएलगत्तै राति ८:४५ देखि ९:१५ बजेसम्म आधा घण्टा ‘मौन अवधि’ लागू हुनेछ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























