Breaking News

चितवनमा बढ्यो गर्मी, अधिकतम तापक्रम ३६ डिग्री

Banner

चितवन, असार ४-

चितवनसहित देशभर गर्मी बढेको छ । गर्मीका कारण जनजिवन प्रभावित बन्न थालेको छ ।

भरतपुर विमानस्थल कार्यालयको रेकर्ड अनुसार आज (बिहीबार) भरतपुरको अधिकतम तापक्रम ३६ डिग्री सेल्सियस मापन भएकाे छ। आज दिउँसो जिल्लाको अधिकतम तापक्रम ३६ डिग्री सेल्सियस मापन भएकाे कार्यालयले नारायणी अनलाइनलाई जानकारी दिएको छ ।

यस्तै मौसम विभागको तथ्यांकअनुसार यस वर्ष चितवनमा सबैभन्दा बढी तापक्रम वैशाख ९ गते ३९ दशमलव २ डिग्री सेल्सियस पुगेको थियो। अघिल्लो वर्ष भने अधिकतम तापक्रम ३९ दशमलव ८ डिग्री सेल्सियससम्म पुगेको थियो।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>