तनहुँ

तनहुँमा भीरबाट लडेर किशोरको मृत्यु

Banner

दमौली (तनहुँ), जेठ २१ –

तनहुँको शुक्लागण्डकी नगरपालिका-५ झरौटास्थित सिसौघारी क्षेत्रमा भीरबाट लडेर एक जना किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका–७ भोटेपानी निवासी १७ वर्षीय अस्मित राना रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बुधबार राति साथीहरूसँग बसेका बेला पिसाब फेर्न जाने क्रममा राना झरौटा खोला नजिक रहेको करिब ९० मिटर अग्लो भीरबाट लडेका थिए । गम्भीर घाइते भएका रानालाई तत्काल उद्धार गरी गएराति बेलचौतारास्थि जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र लगिएकामा चिकित्सकले मृत घोषणा गरेका प्रहरी निरीक्षक दीपककुमार कार्कीले बताउनुभयो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>