चितवन विशेष

चितवनमा क्रिप्टोकरेन्सी कारोबार गर्ने एक जना पक्राउ

Banner

भरतपुर, जेठ १९-

चितवन प्रहरीले अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका–१ स्थायी घर भई हाल भरतपुर महानगरपालिका–१० बस्दै आएका २४ वर्षीय बुद्धिसागर भुषाल रहेका छन्।

प्रहरीका अनुसार जेठ १८ गते बेलुका करिब ७ः४५ बजे भुषालले विद्युतीय उपकरणमार्फत Binance एप प्रयोग गरी अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

उनको साथबाट मोबाइल फोन १ थान र नगद रु. ४ लाख ५० हजार बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका भुषालमाथि अभौतिक मुद्रा सम्बन्धी कसुरमा चितवन जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>