चितवन विशेष

भरतपुर आँखा अस्पताललाई जग्गा र भवन खाली गर्न भन्दै भरतपुर अस्पतालको पत्र

Banner

भरतपुर,जेठ १२-

भरतपुर अस्पतालले नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित भरतपुर आँखा अस्पताललाई आफ्नो जग्गा, भवन तथा संरचना ३५ दिनभित्र खाली गर्न पत्राचार गरेको छ। अस्पतालले जेठ ७ गते पत्राचार गर्दै सो म्यादभित्र संरचना खाली गर्न भनेको हो। भरतपुर अस्पतालका अनुसार सो संरचना सरकारी स्वामित्वको जग्गामा निर्माण भएकाले खाली गर्न आग्रह गरिएको हो। यसअघि सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति २०७९ अनुसार सम्झौता गर्न पत्राचार गरिए पनि सम्बन्धित पक्ष नआएको अस्पतालले जनाएको छ ।

अस्पतालले सोही कार्यनीतिको दफा २१ अनुसार प्रक्रिया अघि बढाउँदै निर्धारित समयभित्र जग्गा तथा भवन खाली गर्न निर्देशन दिएको छ । तर भरतपुर आँखा अस्पतालले भने उक्त जग्गा कुनै लिज सम्झौतामार्फत नभई तत्कालीन मन्त्रिपरिषद्को २०४० माघ ३ गतेको निर्णयअनुसार नेपाल नेत्रज्योति संघलाई प्रदान गरिएको दाबी गरेको छ। आँखा अस्पतालका अध्यक्ष जयराम श्रेष्ठका अनुसार तत्कालीन सरकारको निर्णय, स्वास्थ्य मन्त्रालयको प्रस्ताव, अर्थ मन्त्रालयको सहमति तथा सम्बन्धित निकायहरूको प्रमाणका आधारमा करिब ४ बिघा जग्गा आँखा अस्पताल सञ्चालनका लागि प्रदान गरिएको हो।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>