चितवन विशेष

अवैध लागूऔषधसहित कैलाली र चितवनबाट पाँच जना पक्राउ

Banner

चितवन,बैशाख २२-

कैलालीको बर्दगोरिया गाउँपालिका १ बौनिया बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित सोही गाउँपालिका-१ बस्ने २५ वर्षीय सागर कलेललाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस्तै चितवनको भरतपुर महानगरपालिका १६ झनझनेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २ सय ७० मिलिग्राम र नगद २० हजार ८ सय ६५ रूपैयाँ सहित नवलपरासी पूर्व गैंडाकोट नगरपालिका १० बस्ने २८ वर्षीय सुनिल भुषाल समेत ४ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट शरणपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>