चितवन विशेष

भरतपुर र माडीको स्थानीय पाठ्यक्रममा ‘रक्तदान शिक्षा’समावेश गर्ने तयारी

Banner

चितवन, वैशाख ११-

स्थानीय पाठ्यक्रम (local curriculum) मा रक्तदान शिक्षालाई समावेश गर्न रक्त अभियान्ताहरुले आज (शुक्रबार) भरतपुर महानगरपालिलाको शैक्षिक प्रशासन महाशाखालाई ध्यानाकर्षण गराएका छन् ।

महाशाखा प्रमुख सुवासचन्द्र आचार्यलाई एक ध्यानाकर्षण पत्र हस्तान्तरण गर्दै यही शैक्षिक सत्रदेखि रक्तदान शिक्षाको विषयवस्तु समावेश गर्न अनुरोध गरिएको हो। कार्यक्रममा डाक्टर भोजराज अधिकारी, डाक्टर प्रतीक न्यौपाने, डाक्टर सिर्जना भुर्तेल, अर्जुन अधिकारी, हरिप्रसाद न्यौपाने,राजेन्द्रप्रसाद पौडेल, सुरेन्द्र धिताल,विपिन पाठक, दुर्गा पाण्डे, युवराज न्यौपाने, दीपक घिमिरे लगायतको उपस्थिति रहेको थियोे।

ध्यानाकर्षण पत्र बुझ्दै महाशाखा प्रमुख सुवासचन्द्र आचार्यले यो गहन र महत्त्वपूर्ण विषय उठान गरिएकोमा यसै शैक्षिक सत्रदेखि कक्षा ५ देखि ७ सम्मको पाठ्यक्रममा समावेश गर्ने र आगामी बर्ष कक्षा आठको पाठ्यक्रममा पनि समावेश गर्ने गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यो मानवीय विषयलाई यसै शैक्षिक सत्रदेखि समावेश गर्न डाक्टर प्रतीक न्यौपानेको संयोजकत्वमा डाक्टर सिर्जना भुर्तेल, विपिन पाठक, हरिप्रसाद न्यौपाने तथा अर्जुन अधिकारी रहने पाँच सदस्य पाठ्यक्रम निर्माण सहजीकरण समिति समेत गठन गरिएको छ। पाठ्यक्रममा रक्तदान शिक्षा समावेश गर्न सके बालबालिकाको हृदयमा करुणा र सेवाभावको बीज रोपिने र असल नागरिक निर्माणमा समेत महत्वपूर्ण योगदान पुग्ने सरोकारवालाहरूको निष्कर्ष रहेको छ।

अझै पनि मानिसहरूमा रक्तदान सम्बन्धी भ्रम र भय रहेका कारणले पनि नियमित रक्तदाताहरूको संख्या कम रहेको छ। बेलाबेला चितवनमा रगत अभाव खड्किरहँदा स्वयंसेवी भूमिका खेलिरहेका अभियन्ताहरूले व्यवस्थापन गर्ने गरेका छन्।

यस्तै आज नै माडी नगरपालिकामा पनि रक्त अभियन्ताहरुले ध्यानाकर्षण पत्र बुझाएका छन् ।

अभियन्ताहरु भागिरथ बस्याल, डाेलनाथ आचार्य, स्वास्थ्यकर्मि
मदारि महताे, ऋषि मगर, शम्भु तिवारी, कमला काफले र देव नारायण शाहले माडी नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत जगत प्रसाद भुसाल, शिक्षा प्रमुख सुरेन्द्र गिरी, जनस्वास्थ्य अधिकृत राममणी घिमिरे र सूचना प्रविधि अधिकृत प्रविण भण्डारीलाइ उक्त ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>