Breaking News

चितवन अदालतले रवि लामिछानेलाई दियो वारेस सुविधा

Banner

चितवन, चैत्र ३०
चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगीसम्बन्धी मुद्दामा वारेस राख्ने सुविधा दिएको छ ।

लामिछानेको निवेदनमा सुनुवाइपछि सोमबार न्यायाधीश केदारनाथ पौडेलको इजलासले उक्त अनुमति दिएको हो । सभापति लामिछानेले आफू बिरामी भई काबुबाहिरको परिस्थिति उल्लेख गर्दै आफैँ तारेखमा उपस्थित हुन नसक्ने अवस्था निवेदनमा दर्शाएका थिए ।

अदालतले मुद्दामा प्रतिवादी रहेका लामिछानेले पेस गरेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको स्वास्थ्य परीक्षण रिपोर्टलाई वारेश अनुमतिको आधार लिएको छ । अदालतको आदेश अनुसार अब लामिछानेले मुद्दाको तारिखमा आफैँ चितवन अदालत जानुपर्दैन ।

ूलामिछानेको मुद्दाको प्रकृति, स्वास्थ्य अवस्था र कार्यव्यस्तताजस्ता कारण दर्शाउँदै मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९५ (२) अनुसार अवधि नतोकी वारेश राख्न पाउने आदेश भएको छ,ू चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए । अदालतको आदेशअनुसार, लामिछानेले आफूविरुद्ध दर्ता भएको सहकारी ठगीसम्बन्धी मुद्दामा अन्तिम फैसला नहुञ्जेल वारेश सुविधा पाउनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>