अर्थ
आजपनि बढ्यो सुनको मूल्य
०

काठमाडौं, चैत २९-
नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) सुन तोलामा २०० रुपैयाँले बढेको हो ।
आजका लागि तोलाको दुई लाख ९७ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघिको कारोबार दिन गत (शुक्रबार) दुई लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर चार हजार ९७५ रुपैयाँ कायम भएको छ । शुक्रबार चार हजार ९६० मा किनबेच भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























