चितवन विशेष

नारायणगढको भृकुटीपथमा खुल्यो ‘फूल घर’को पाँचौं शाखा

Banner

चितवन, चैत २८–

चितवनको नारायणगढस्थित भृकुटीपथमा फ्लवार हाउस ‘फूल घर’को पाँचौं शाखा संचालनमा आएको छ । आज (शनिबार) उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीले फूल घरको समुद्घाटन गर्नुभयो ।

पुष्प व्यवसायलाई निरन्तरता दिँदै पाँचौं शाखाको रुपमा ‘फूल घर’ संचालनमा ल्याउन सफल भएकोमा ओलीले संचालक परिवारलाई बधाई दिनुभयो । भरतपुरको प्रेमबस्तीमा २०६५ सालदेखि उज्जवल नर्सरीबाट पुष्प व्यवसायमा लागेका इश्वर श्रेष्ठले ‘फूल घर’लाई विस्तार गर्दै पुष्प व्यवसायलाई निरन्तरता दिएका हुन् । फूल व्यवसायबाट नै राम्रो आम्दानी गर्न सकिने अवस्था सिर्जना भएकाले ‘फूल घर’लाई विस्तार गर्दै लगिएको बताउनुभयो । पुष्प व्यवसायी संघ चितवनका अध्यक्ष तेजेन्द्र सापकोटाले पछिल्लो समय चितवनमा पुष्प व्यवसाय फस्टाउँदै गएकोमो खुशी प्रकट गर्दै आफ्नै देशमा व्यवसायलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

‘फूल घर’का संचालक शुलभ श्रेष्ठले सेवाग्राहीको सहजताका लागि पाँचौं शाखा संचालनमा ल्याइएको बताउनुभयो । ‘फूल घर’को सुरुवात प्रेमबस्तीबाट सुरु भई नारायणगढको लायन्स चोकस्थित बालकुमारी कलेज रोड, भरतपुरको सप्तगण्डकी कलेज चोक, पूर्वी चितवनको खैरहनी–८ पर्सा बजार र अहिले भृकुटीपथमा पाँचौं शाखा संचालनमा ल्याएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>