Breaking News

उपसभामुखमा श्रम संस्कृतिकी रुबीकुमारी ठाकुर निर्वाचित

Banner

काठमाडौं, चैत्र २७-
उपसभामुखमा रुबी कुमारी निर्वाचित प्रतिनिधि सभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन्। संसद्को सबैभन्दा ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनमा उनी निर्वाचित भएकी हुन्। शुक्रबार भएको मतदान प्रक्रियामा रुबी कुमारीलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा प्रतिनिधि सभाका २२९ सदस्यले मतदान गरे।

प्रस्तावको विपक्षमा ५ मतमात्र परेपछि सभामुख डोलप्रसाद अर्यालले रुबी कुमारी उपसभामुखमा निर्वाचित भएको घोषणा गरेका थिए। उनको विपक्षमा २२ मत परेको छ। यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सरस्वती लामालाई उपसभामुखमा निर्वाचित गरियोस भन्ने प्रस्ताव प्रतिनिधि सभाका बहुमत सदस्यले अस्वीकार गरेका थिए। लामाको पक्षमा ५ मत र विपक्षमा २१५ मत परेको थियो भने तटस्थ सांसदको संख्या ३७ रहेको सभामुख अर्यालले जानकारी दिए ।

सभामुख अर्यालले लामालाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकार गरेको घोषणा गरेका थिए। सो पछि रुबी कुमारीको प्रस्तावमा मतदान भएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>