चितवन विशेष

भरतपुर महानगर प्रज्ञा–प्रतिष्ठानको अध्यक्षमा खनाल मनोनित

Banner

चितवन, चैत २६–

भरतपुर महानगर प्रज्ञा–प्रतिष्ठानको अध्यक्षमा भरतपुर–४ का प्रा.डा. नारायणप्रसाद खनाल मनोनित हुनुभएको छ । भरतपुर महानगर प्रज्ञा प्रतिष्ठान ऐन २०७८ (प्रथम संसोधन २०८२) को दफा १०(३) बमोजिम महानगरका कार्यवाहक प्रमुख तथा भरतपुर महानगर प्रज्ञा–प्रतिष्ठानका संरक्षक चित्रसेन अधिकारीले प्रतिष्ठानको रिक्त अध्यक्षमा खनाललाई मनोनयन गर्नुभएको हो । यस्तै महानगरका कार्यवाहक प्रमुख अधिकारीले प्राज्ञ परिषदको सदस्यहरूमा केदारनाथ खनाल, प्रा.डा. कर्णबहादुर बानियाँ र विद्या चिरागलाई मनोनयन गर्नुभएको छ ।

अधिकारीले डा. धनेश्वर भट्टराई, डा. केशवराज चालिसे, गायत्री श्रेष्ठ, रामहरि श्रेष्ठ, रमाकान्त सापकोटा, किसान प्रेमी, हरि योञ्जन, पूर्णप्रसाद अधिकारी, डी.आर. पोखरेल, रमेश प्रभात, भजुमन राम महतो, बसन्त पराजुली, लक्ष्मी कान्त शर्मा पौडेल (लकाश), प्रकाश थापा प्रथा, ईश्वर कंडेल, शान्ति शर्मा, सरला जोशी, पुष्प अधिकारी अञ्जली र देव श्रेष्ठलाई प्राज्ञसभाको सदस्यमा मनोनयन गर्नुभएको छ ।

यसैगरी महानगरपालिका क्षेत्रमा क्रियाशील रहेका साहित्यिक तथा सांस्कृतिक संस्थाका अध्यक्षहरू मध्येबाट चितवन साहित्य परिषद्का अध्यक्ष जगन्नाथ पण्डित, साहित्य संगम चितवनका अध्यक्ष रह शर्मा, भाषा, कला तथा संस्कृति प्रतिष्ठान नेपालका अध्यक्ष डा. एकनारायण पौड्याल, कविडाँडा साहित्य समाज चितवनका अध्यक्ष एल. बी. क्षेत्री र गजल मञ्च चितवन अध्यक्ष रामकृष्ण अनायासलाई प्राज्ञसभाको सदस्यमा मनोनयन गर्नुभएको छ ।

आजै प्रज्ञा प्रतिषठनका निवर्तमान अध्यक्ष, परिषद् सदस्य तथा प्राज्ञ सभा सदस्यहरूलाई आज एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको छ । महानगरका कार्यवाहक प्रमुख अधिकारीले विगत चार वर्षदेखि महानगर प्रज्ञामा रहेर योगदान दिनुहुने अध्यक्ष इन्द्रप्रसाद रेग्मी लगायत प्राज्ञ परिषद् सदस्यहरु केदारनाथ खनाल, प्रकाश चापागाई, विष्णु तिवारी उषालगायत प्राज्ञ सभा सदस्यहरूलाई सम्मान गर्नुभएको थियो । कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र देव भारती, उप–सचिव सुवाष आचार्यले सीमित साधन स्रोतका अवस्थामा पनि प्रज्ञा प्रतिष्ठानले अनुकरणीय कार्य गरेकोमा प्रशंसा गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>