राजनीति

रविको मुद्दा आज पनि हेर्दाहेर्दैमा, आइतबार सुनुवाइ हुने

Banner

काठमाडौं, चैत १२-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहितको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर संशोधन गरी मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरूद्धको रिटको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ।

सोमबारदेखि न्यायाधीशहरू विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाइ भइरहेको छ। तेस्रो दिन बिहीबार पनि उक्त सुनुवाइ नसकिएपछि आइतबारका लागि सरेको हो। शुक्रबार रामनवमीको अवसरमा सार्वजनिक बिदा रहेकाले आइतबार मात्रै सुनुवाइ हुने भएको हो।

आज महान्यायाधिवक्ता सबिता भण्डारी, नायब महान्यायाधिवक्ता सन्जिबराज रेग्मी, रविका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले बहस गरेका छन्।

आइतबार रविका वकिलहरूले बहस सकेसँगै जबाफी बहस हुनेछ। यसअघि चार दिन निरन्तर सुनुवाइ भएपछि चैत ५ गते न्यायाधीशहरू सारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले रवि बाहेकको हकमा माघ २ गते गरेको अन्य प्रतिवादीको पनि कसुर संशोधन गर्ने निर्णयको फाइल झिकाउन आदेश दिएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>