देश/प्रदेश
विशेष निर्देशन दिन शपथलगत्तै एमाले सांसदलाई च्यासल बोलाइयो
०

काठमाडौं, चैत १२-
नेकपा (एमाले) का नवनिर्वाचित सांसदहरूलाई पार्टी मुख्यालय च्यासलमा बोलाइएको छ । शपथलगत्तै ३ बजे सांसदहरूलाई निम्त्याइएको हो ।
राष्ट्रियसभाका सांसदहरूलाई समेत बोलाइएको उक्त बैठकमा अध्यक्ष केपी शर्मा ओलीले संसदमा पार्टीको भूमिका र समसामयिक विषयमा ब्रिफिङसहित विशेष निर्देशन दिने बताइएको छ ।
हालै सम्पन्न प्रतिनिधिसभा चुनावमा एमालेबाट प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १६ गरी २५ जना सांसद निर्वाचित भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























