राजनीति

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा

Banner

काठमाडौँ,चैत ६-

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ। बैठकमा चुनावी समीक्षाका साथसाथै समसामयिक विषयमा कुराकानी हुने बताइएको छ ।

पार्टी सभापति गगन थापाले दिएको राजीनामा र आगामी महाधिवेशनबारे छलफल हुनुका साथै निर्वाचनको समीक्षा र आगामी दिनमा पार्टीले अपनाउने रणनीतिबारे ठोस निर्णय हुने नेताहरूले बताएका छन् ।

 

फागुन २१ गते सम्पन्न निर्वाचनमा कांग्रेसले कमजोर नतिजा ल्याएपछि सभापति थापाले राजीनामा दिएका हुन् । उनको राजीनामा स्वीकृत गर्ने या नगर्ने भन्नेमा पार्टीमा दुई मत देखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>