राजनीति
मलाई बोल्न आउँदैन भन्छन्, त्यही भएर क्लास लिइरहेको छु: आशिका तामाङ

काठमाडौं, चैत ४-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नवनिर्वाचित सांसद आशिका तामाङले बोल्न आउँदैन भनेको कारण क्लास लिइरहेको बताएकी छिन् ।
रास्वपाले हिजो र आज ललितपुरको ग्वार्कोमा दुई दिने अभिमुखीकरण कार्यक्रम राखेको छ । उक्त अभिमुखीकरण कार्यक्रम आफ्ना लागि निकै राम्रो भएको सांसद तामाङको भनाइ छ । ‘सोझो रुखलाई छानीछानी काटिन्छ भनेजस्तो सोझो तामाङको छोरीलाई धेरै उल्लिबिल्लि बनाइरहनुभएको छ,’ सांसद तामाङले भनिन्, ‘आशिका तामाङलाई बोल्न आउँदैन भनेर । त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु । तपाईंहरूसँग राम्रोसँग बोल्नका लागि ।’
‘जवाफ दिने ठाउँमा आफैं छु । त्यसकै लागि हाम्रो दुई दिने क्लास एकदमै राम्रो भइरहेको छ । मलाई यही पीर थियो, मलाई यो देशमा प्रधानमन्त्री मात्रै नयाँ होइन,’ सांसद तामाङले भनिन्, ‘धेरै सांसद नयाँ हुनुहन्छ । मलाई कसले गाइड गर्छ भन्ने डर थियो । पार्टीले यो राम्रो वेरेन्टेशन क्लास राखेको छ । यो राम्रो भएको छ ।’
























