नवलपरासी

नवलपरासी मतदानस्थलको जिम्मा महिलालाई

Banner

नवलपरासी, फागुन १७-

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा एउटा मतदानस्थलको जिम्मा महिलालाई दिइएको छ । नवलपुरमा रहेका ११४ मतदानस्थलमध्ये एउटा मतदान स्थलको जिम्मा महिलालाई प्रदान गरिएको हो ।

क्षेत्र नं २ मा पर्ने कावासोती नगरपालिका–३ मा रहेको जीवनज्योति माध्यामिक विद्यालयको मतदानस्थलमा महिला कर्मचारीमात्रै खटाइएको नवलपुर–२ का सहायक निर्वाचन अधिकृत युवराज पन्थीले बताउनुभयो । सहायक निर्वाचन अधिकृत पन्थीका अनुसार जीवनज्योति माविमा रहेको मतदानस्थलमा दुईवटा मतदान केन्द्र रहेका छन् । दुवै मतदान केन्द्रमा महिला कर्मचारी मात्र परिचालन गरिएको उहाँले बताउनुभयो । यहाँ रहेको ‘क’ केन्द्रमा दीपा गौतमलाई मतदान अधिकृत बनाइएको छभने ‘ख’ केन्द्रमा अनिता श्रेष्ठलाई मतदान अधिकृतको जिम्मेवारी प्रदान गरिएको छ ।

यस स्थलमा रहेका दुवै केन्द्रमा मतदान अधिकृतसहित अन्य सबै कर्मचारी महिलामात्र खटाइएको छ । प्रत्येक मतदान केन्द्रमा मतदान अकिृतसहित छ–छ जना गरी कुल १२ महिला कर्मचारी परिचालन गरिएको सहायक निर्वाचन अधिकृत पन्थीले बताउनुभयो ।

जिल्लामा रहेका मतदानस्थलमध्ये एउटालाई महिलाले मात्रै सञ्चालन गरी नमूना मतदानस्थल बनाउने योजनाअनुसार यस्तो गरिएको उहाँले बताउनुभयो । खासमा अरु केही योजना हैन, महिलालाई मात्र एउटा मतदानस्थल जिम्मा दिएर महिलामैत्री नमूना मतदानस्थल बनाउँ भन्ने लागेर सोहीअनुसार कर्मचारी परिचालन गरेका हौँ”, सहायक निर्वाचन अधिकृत पन्थीले भन्नुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>