चितवन विशेष

चितवनमा डाक्टर साथी प्याथोलोजी एण्ड हेल्थ होम केयर सर्भिसेजले एक साता निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने

Banner

चितवन, फागुन १-

डाक्टर साथी प्याथोलोजी एण्ड हेल्थ होम केयर सर्भिसेजले एक साता निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । हेल्थ होम केयरले (आज)फागुन १ गतेबाट फागुन ७ गतेसम्म निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।

प्रगति पोलिक्लिनिकको सहयोगमा ‘स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो, समयमा नै जाँच गरौं, स्वस्थ रहौं’ भन्ने मूल नाराका साथ हेल्थ होम केयर र भरतपुर १० अस्पताल रोडस्थित सहकारी तालिम केन्द्र अगाडिमा स्वास्थ्य शिविर आयोजना गरिएको छ । जहाँ हरेक दिन बिहान ७ बजेदेखि निःशुल्क सुगर तथा प्रेसर जाँचका साथै विशेषज्ञ डाक्टरद्वारा स्वास्थ्य परामर्श सेवा लिन सकिने क्लिनिकले जनाएको छ ।

व्यस्त जीवनशैली, अस्वस्थ खानपान तथा तनावका कारण मधुमेह, उच्च रक्तचाप, थाइराइड जस्ता रोगहरू तीव्र रूपमा बढिरहेको सन्दर्भमा समुदायलाई लक्षित गर्दै संचालन गरिएको शिविरमा ल्याब परिक्षणमा ५० प्रतिशत छुट रहेको शिविरमा थाइराइड जाँचको लागि ५००, थाइराइड विशेष जाँच १५ सय, होल बडी जाँचको ५ हजार ९ सय ९९ र सम्पूर्ण स्वास्थ्य सेवा घरमै उपलब्ध हुने क्लिनिकले उल्लेख गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>