समाचार

एसिया कपमा सहभागि हुने नेपाली क्रिकेट महिला टोलीलाई बिदाई

Banner

काठमाडौँ, माघ २८-

थाइल्यान्डमा सुरू हुने एसीसी राइजिङ स्टार्स महिला एसिया कपमा सहभागि हुने नेपाली क्रिकेट महिला टोलीलाई बिदाई गरिएको छ ।

इन्दु बर्मा चोटाका कारण मैदानबाहिर रहेकाले यस पटक टीमको कप्तानी पूजा महतोले गर्दै छिन् । नेपालको टोलीमा अनु कडायत, सीमाना केसी र रुबी पोद्दारले मौका पाएका छन् ।

विश्वकप छनोटको टोलीबाट रचना चौधरी, राजमती ऐरी र इन्दु बर्मा बाहिरिएका छन् । राइजिङ स्टार्स महिला एसिया कपमा नेपाल समूह ‘ए’ मा भारत ‘ए’, पाकिस्तान ‘ए’ र यूएईसँग परेको छ । समूह ‘बी’ मा बंगलादेश ‘ए’, श्रीलंका ‘ए’, मलेसिया र थाइल्यान्ड छन् । फेब्रुअरी १३ देखि सुरु हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले पाकिस्तान ‘ए’ सँग खेल्नेछ भने सोही दिन भारत ‘ए’ र यूएईबीच पनि प्रतिस्पर्धा हुनेछ ।

तस्बिरः नेपाल फोटो लाइब्रेरी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>