चितवन विशेष
युनाइटेड टेक्निकल कलेजमा जुम भोल्युम–३ः उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान

चितवन, माघ २५–
युनाइटेड टेक्निकल कलेज (युटेक)को आयोजनामा जुम भोल्युम–३ जर्नल कार्यक्रम सम्पन्न भएको छ ।
जर्नल जुम भोल्युम ३ को प्रा.डा.माधव प्रसाद कोइरालाले समुद्घाटन गरे । उनले शैक्षिक अनुसन्धान, नवप्रवर्तन र गुणस्तरीय शिक्षामा कलेजको प्रतिबद्धता अझ सुदृढ हुँदै गएको बताए।
कार्यक्रममा वरिष्ठ इन्जिनियर बाबुराम उपाध्याय तथा डा. कृष्ण प्रसाद पौडेलले विद्यार्थीहरूको शैक्षिक उपलब्धि, अनुशासन र सृजनशीलताको प्रशंसा गर्दै निरन्तर मेहनत नै सफलताको आधार हुने बताएका थिए।
कार्यक्रममा स्नातक तथा स्नातकोत्तर तहमा उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई नगदसहित सम्मान तथा अवार्ड प्रदान गरिएको थियो। स्नातकोत्तर (एमएससीतहमा ४ जीपीए ल्याउने नारायण प्रसाद अधिकारी, जीवन श्रेष्ठ र सुबोध अधिकारीलाई विशेष नगद पुरस्कारसहित सम्मान गरिएको थियो। त्यसैगरी स्नातक (बीइ) कार्यक्रम अन्तर्गत उत्कृष्ट नतिजा हासिल गर्ने ४ जना विद्यार्थीहरूलाई पनि नगदसहित सम्मान प्रदान गरिएको थियो।

कार्यक्रममा शिक्षक तथा कर्मचारीतर्फ विभागीय प्रमुख ई. निरज बोहरा र लाइब्रेरियन मीरा प्याकुरेलालाई सम्मान गरिएको थियो। साथै, कलेजद्वारा आयोजना गरिएको खेलकुद सप्ताह अन्तर्गत विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो।
कलेज सञ्चालक समितिका अध्यक्ष चुडामणि खनालले विद्यार्थीहरूको उज्ज्वल भविष्यप्रति विश्वास व्यक्त गर्दै कलेजले आगामी दिनहरूमा पनि शैक्षिक, सह–पाठ्यक्रम तथा अनुसन्धान गतिविधिलाई निरन्तर प्राथमिकतामा राख्ने बताए।
कार्यक्रमबारे जानकारी दिँदै कलेजका कार्यकारी अधिकृत विनोद ढकालले कलेजले विद्यार्थीहरूको समग्र विकासलाई ध्यानमा राख्दै यस्ता शैक्षिक तथा अतिरिक्त क्रियाकलापहरू नियमित रूपमा आयोजना गर्दै आएको स्पष्ट पारे।


























