चितवन विशेष

चितवनमा राष्ट्रियस्तरको ‘युनाइटेड टेक फ्युजन २०८२’ हुने

Banner

चितवन, माघ ८–

युनाइटेड टेक क्लबको आयोजनामा तथा युनाइटेड टेक्निकल कलेज, भरतपुर–११, चितवनको सहकार्यमा राष्ट्रियस्तरको प्राविधिक कार्यक्रम ‘युनाइटेड टेक फ्युजन २०८२’ आयोजना हुने भएको छ ।

सिभिल, कम्प्युटर, आईटी , विद्युत तथा इलेक्ट्रोनिक्स इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरूको संयुक्त पहलमा गठन गरिएको युनाइटेड टेक क्लबले यसअघि पनि राष्ट्रियस्तरका ह्याकाथन, प्रविधिमूलक कार्यक्रमहरू, तथा कलेजभित्र विभिन्न तालिम र कार्यशालाहरू सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।

यस वर्षको युनाइटेड टेक फ्युजन यही माघ १२ र १३ गते आयोजना हुनेछ । कार्यक्रममा देशभरका विद्यार्थी तथा प्रविधिप्रेमीहरूलाई नवप्रवर्तन, सिर्जनशीलता र प्राविधिक सीप प्रदर्शन गर्ने अवसर प्रदान गरिने क्लबका अध्यक्ष रिकम रिजालले बताएका छन् ।

कार्यक्रमका मुख्य आकर्षणहरूमा प्रोजेक्ट प्रदर्शन (प्रोजेक्ट प्रदर्शनी) र रोमाञ्चक रोबो रेस समावेश छन् । प्रतियोगिताका लागि कुल पुरस्कार राशि रु ६० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

प्रोजेक्ट प्रदर्शनतर्फ ३५ हजार रुपैयाँ पुरस्कार राखिएको छ । त्यसैगरी रोबो रेस प्रतियोगिता तर्फ २५ हजार रुपैयाँ पुरस्कार राशी रहेको छ । कार्यक्रमको दर्ता प्रक्रिया खुला भइसकेको छ । आयोजकका अनुसार, प्रविधि र नवप्रवर्तनलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिने यो कार्यक्रम चितवन क्षेत्रकै एक महत्वपूर्ण राष्ट्रियस्तरीय प्राविधिक उत्सव बन्ने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>