राजनीति
४ माघमा एमालेले काठमाडौंमा चुनावी सभा गर्ने
०

काठमाडौं, माघ १-
नेकपा एमालेले ४ माघमा काठमाडौंमा चुनावी सभा गर्ने भएको छ ।
नेकपा एमालेका सचिव एवं बागमती प्रदेश इञ्चार्ज महेश बस्नेतले बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा सभाबारे जानकारी दिए ।
‘४ माघमा १२ बजे भृकुटीमण्डपबाट २०औं हजारको सहभागितामा कमलादीसम्म र्याली निकाल्छौं र त्यो र्याली राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा सभामा परिणत हुनेछ,’ उनले भने, ‘एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले सभालाई सम्बोधन गर्नुहुनेछ ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























