राजनीति
कांग्रेस विशेष महाधिवेशन: साढे ७ बजेसम्म उम्मेदवारी दर्ता समय तोकियो
०

काठमाडौं, पुस २९-
नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचन समितिले साँझ साढे ७ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम तय भएको जानकारी दिएको छ ।
निर्वाचन समितिका संयोजक सीताराम केसीका अनुसार साँझ साढे ६ बजेदेखि साढे ७ बजेसम्म उम्मेदवारीको समय तोकिएको छ । उनले त्यसपछि मनोनयनका लागि समय थप नगर्ने पनि बताए ।
९ घण्टादेखि विशेष महाधिवेशनको बन्द सत्र जारी छ । चिया ÷ खानाको लागि ब्रेक नगरी बन्दसत्र जारी राखिएको छ । दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा सबै समय बन्द सत्रमा रहेको जानकारी गराइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























