राजनीति
विवाद उत्कर्षमा पुग्दा कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक
०

काठमाडौं, पुस २८-
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक आह्वान गरेको छ। पार्टीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको समयमा संस्थापन पक्षले भोलि ९मंगलबार० का लागि आकस्मिक रूपमा बैठक बोलाएको हो।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक भोलि बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। पार्टीको इतर समूहले एकतर्फी रूपमा विशेष महाधिवेशनको प्रक्रिया अघि बढाएपछि कांग्रेसभित्रको विवाद गहिरिँदै गएको छ। संस्थापन पक्षले भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई अवैधानिक र अनुशासनविपरीत भएको बताउँदै आएको छ।
उता, विशेष महाधिवेशन पक्षधरहरूले भने वर्तमान नेतृत्वबाट पार्टी चल्न नसक्ने निष्कर्ष निकाल्दै नीति र नेतृत्व परिवर्तनका लागि महाधिवेशन अपरिहार्य रहेको जिकिर गरेका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























