राजनीति

शेरबहादुरलाई शेखरको आग्रहः पार्टी विभाजन रोक्नुस्

Banner

काठमाडौं, पुस २८-

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी फुटबाट जोगाउन सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । केहीबेरअघि आफूनिकटका पदाधिकारी तथा नेताहरूसहित देउवा निवास महाराजगञ्जमा पुगेका शेखरले देउवालाई यस्तो आग्रह गरेको भेटमा सहभागी एक नेताले अनलाइखबरलाई जानकारी दिए ।

‘शेखर दाइको नेतृत्वमा हामी सभापतिलाई भेट्न आयौँ । थुप्रै नेताहरू हुनुहुन्थ्यो,’ उनले भने,’ उहाँ (शेखर)ले विभाजनबाट रोक्न के गर्न सकिन्छ तत्काल गर्नुस् भन्नुभयो ।’ शेखरका स्वकीय सचिव दिनेश थपलियाले देउवासँग आधा घण्टा छलफल भएको जानकारी दिए ।

५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको मागअनुसार महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरे । सोहीअनुसार आइतबार उद्घाटन भयो । सोमबार बन्दसत्र जारी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>