राजनीति
गगन र विश्वलाई योगेश भट्टराईले भनेः सलाम मित्रहरू !
०

काठमाडौं,पुस २७-
नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाली कांग्रेसको विशेष महाधिवेशन आयोजना गरेका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई सलाम भनेका छन् । पार्टीभित्र विद्रोह गरेको विषयलाई उनले आफूहरूले भन्दा धेरै गरेको भन्दै सलाम भनेका हुन् ।
‘हामीले बोल्यौँ, केही गर्यौँ । तपाईंहरूले बोल्नुभयो । हामीभन्दा धेरै गर्नुभयो सलाम मित्रहरू’ उनले भने । नेकपा एमालेको ११ औँ महाधिवेशनमा उपमहासचिवको उम्मेदवार हुँदा भट्टराई अध्यक्ष केपी ओलीको फरक प्यानलमा थिए । उनीहरुले पनि पार्टीमा नेतृत्व परिवर्तनको प्रयास गरेका थिए । तर महाधिवेशनमा ओलीले अर्का उम्मेदवार ईश्वर पोखरेललाई पराजित गर्दै अध्यक्षमा पुनः निर्वाचित भए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























