देश/प्रदेश

देउवालाई चन्द्र भण्डारीले भनेः घेरा छाडेर नेतृत्व हस्तान्तरण गर्न आउनुस्

Banner

काठमाडौं, पुस २७-

नेपाली कांग्रेसका नेता डा चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनस्थलमा आएर नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेका छन् ।

विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोन गर्दै घेरालाई छाडेर कांग्रेस नेतृत्व हस्तान्तरण गर्न आउन भनेका हुन् ।

‘किसूनजीका अनुयायी आदरणीय शेरबहादुर देउवा दाइ, त्यो घेरा छाडेर कांग्रेस हस्तान्तरण गर्न आएको छु भन्नुहोस,’ बिरालोको कथा सुनाउँदै उनले भने, ‘ ‘साथीहरु, बिरालाले भन्छ अरे – यो घरको मालिक मर्‍यो भने अगेनामा गएर आगो ताप्ने थिएँ। जबकी अगेना सँधै तातो रहँदैन। दाउरा जोड्ने मान्छे भएन भने अगेना तातो रहँदैन।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>