राजनीति
कठै बिचरा कुलमान घरको न घाटको भए: महेश बस्नेत
०

काठमाडौँ, पुस २७-
उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङको राजनीतिक भविष्य संकटमा परेको दाबी नेकपा एमालेका सचिव महेश बस्नेतले गरेका छन् । सामाजीक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै सचिव बस्नेतले उनेपाका अध्यक्ष घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता प्रयास असफल भएपछि ‘ घरको न घाटको’ अवस्थामा पुगेको दाबी गरेका हुन्।
रवि लामिछानेको भरोसामा पर्दा घिसिङले मन्त्री पद र समानुपातिक उम्मेदवार बन्ने मौका दुवै गुमाएको उनले उल्लेख गरेका हुन्। बस्नेतले रवि लामिछानेको राजनीतिलाई ‘माकुराको जालो’ सँग तुलना गर्दै त्यसमा परेपछि उम्किन नसकिने बताएका छन्।
सचिव बस्नेतको फेसबुकमा स्टाट्स जस्ताको त्यस्तै:
कठै बिचरा कुलमान!
रवि लामिछानेको भरोसामा परेर
न मन्त्री रह्यो,
न पार्टीको समानुपातिक उम्मेदवार दर्ता गर्ने मौका रह्यो।
न घरको, न घाटको अवस्था।
‘उज्यालो पार्टी’को अध्यक्ष त बने,
तर उज्यालो भविष्यचाहिँ रविकै हातमा बुझाएर
आफू भने अन्धकारतिर धकेलिन पुगे।
अस्थायी मन्त्रीको पद केही महिनालाई आयो,
तर त्यसको मूल्यमा
राजनीतिक भविष्य नै संकटमा पर्यो।
मैले पहिल्यै भनेको थिएँ—
रविको जालो माकुराको जालोजस्तै हो।
चरा फुत्किन सक्छ,
तर पुतली उम्किन सक्दैन।
बालेन र कुलमान पुतलीजस्तै भए,
एमाले–कांग्रेस चराजस्तै।
आज रविको जालोमा कुलमान परे,
अब पालो कसको?
बालेन पनि
धेरै जालोमा पर्ने दिन
सायद टाढा छैन।
समानुपातिक उम्मेदवार दर्ता गर्ने मौका नै पाइयो।
न घरको, न घाटको अवस्था।
‘उज्यालो पार्टी’को अध्यक्ष त बने,
तर उज्यालो भविष्यचाहिँ रविकै हातमा बुझाएर
आफू भने अन्धकारतिर धकेलिन पुगे।
अस्थायी मन्त्रीको पद केही महिनालाई आयो,
तर त्यसको मूल्यमा
राजनीतिक भविष्य नै संकटमा पर्यो।
मैले पहिल्यै भनेको थिएँ—
रविको जालो माकुराको जालोजस्तै हो।
चरा फुत्किन सक्छ,
पुतली उम्किन सक्दैन।
बालेन र कुलमान पुतलीजस्तै हुन अन्तराष्ट्रीय शक्तिले बुनेको रबिको जालोमा उम्कन नसकिने गरी फसे,
एमाले–कांग्रेस चरा जस्तै हुन त्यस्ता जालो तोडन सक्ने नेपालको ताकत हुन।
रविको जालोमा कुलमान परे,
अब पालो बालेनको हो ।
जालोमा पर्ने दिन अब
धेरै टाढा छैन।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























